दफा १०
प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) समरूपता परीक्षण गर्ने संस्थाले समरूपता परीक्षण सम्बन्धी कार्यको लागि प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न चाहेमा तोकिएको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा केन्द्र समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा केन्द्रले त्यस्तो निवेदनको सम्बन्धमा आवश्यक जाँचबुझ तथा परीक्षण गर्न आवश्यक सङ्ख्यामा मान्यताप्राप्त विध्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको र कम्तीमा दश वर्षको अनुभव भएको नेपाली नागरिकलाई परीक्षक तोक्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम तोकिएको परीक्षकले केन्द्रले तोकेको अवधिभित्र आवश्यक जाँचबुझ तथा परीक्षण गरी केन्द्र समक्ष तोकिए बमोजिमको ढाँचामा प्रारम्भिक प्रतिवेदन पेश गर्नु पर्नेछ।